सिके राउतले लगाएका मुद्दा जित्नुभयो सुरेन्द्रनारायण यादव

सहारा टाइम्स
काठमाडौँ भदौं १५ गते ।
जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई ललितपुर जिल्ला अदालतले ठगी तथा विश्वासघात सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र पार्टी पक्षको जाहेरीका आधारमा चलेको उक्त मुद्दामा अदालतले यादवविरुद्धको अभियोग दाबी नपुग्ने ठहर गरेको हो ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले पेस गरिएका प्रमाण, कागजात तथा तथ्यहरूको गहन विश्लेषण गर्दै आरोपी यादवमाथि लगाइएको कसुर पुष्टि हुन नसकेको फैसला सुनाएको छ।

इमाडोलस्थित पार्टी कार्यालयको भवन तथा सम्पत्ति हस्तान्तरण नगरेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै पार्टी अध्यक्ष राउत र पार्टी नेतृत्वले यादवविरुद्ध प्रहरीमा जाहेरी दिनु भएको थियो । सोही जाहेरीका आधारमा मुद्दा अदालतसम्म पुगेकोमा अदालतको यो अन्तिम फैसलासँगै यादवमाथि लगाइएका सबै कानुनी आरोपहरू पूर्ण रूपमा खारेज भएका छन् ।

तपाईको प्रतिक्रिया