काठमाडौँ जेठ १७ गते । नेकपा एमालेका नेता महेश वस्नेतले ऋण नहुने व्यक्ति गरिब हुने गरेको टिप्पणी गरेका छन् । युवा संघले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्नु हुँदै नेता वस्नेतले गाउँमा ऋण नहुनेहरु गरिब छन् तर सबभन्दा बढी ऋण बोकेका विनोद चौधरी कति धनी हुनुहुन्छ त्यसैले ऋणबाट डराउन नहुने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा अोलीको नेतृत्वको सरकारको पालामा ऋण थपिएको कुरा सञ्चारमाध्यममा आएपछि उहाँले सबभन्दा बढी अमेरिकाको जनताको टाउकोमाथि ऋण छ, चीनको जनतामाथि ऋण छ नेपालको जनतामाथि ऋण छ भने डराउन नहुने बताउनुभयो । नेपालमाथि ऋण त्यो सकाउँछौं, प्रधानमन्त्री अोलीमाथसँग त्यो क्षमता छ, त्यसैले कसैले यो सरकारलाई उडाउने गरेको छ, त्यो कुरा नबुझेर कुरा उडाउने गरेको उहाँको टिप्पणी छ ।
उहाँले भन्नुभयो, एमाले भएको कारण गौरव गर्ने ठाउँमा छौं ।’


तपाईको प्रतिक्रिया