विश्व दूध दिवस मनाइ रहँदा किसानको पाँच महिनाको भुक्तानी बाँकी

दुग्धजन्य पदार्थ
दुग्धजन्य पदार्थको कारोबारमा हस

काठमाडौँ जेठ १७ गते । सरकारले ‘दूध तथा दुग्ध पदार्थको नियमिति सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन’ मुल नाराका साथ नेपालमा २१ औं विश्व दूध दिवस मनाई रहँदा उता दुधका किसानले पाँच महिना देखिको बाँकी बक्यौता रकम पाएको छैन ।

कोरोना महामारीको कारण दूध तथा दुग्धजन्य पदार्थ विक्रि नभएको भन्दै सरकारी तथा गैरसरकारी डेरी उद्योगले किसानका पाँच महिनादेखिको रकम बक्यौता राखेको छ । यो कोरोना महामारीको समयमा विक्रि भएको दूधको रकम नपाउँदा किसानलाई घरायसी समस्या उत्पन्न भएको छ ।

छोराछोरीको स्कूल फी तिर्ने देखि लिएर बैंकको ऋणतिर्ने तथा अन्य घरायसी कार्यका लागि समस्या भइरहेको किसानहरुले बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको राष्ट्रि दुग्ध विकास बोर्डले जेठ १४ गतदेखि सत्ताव्यापी विभिभन्न भर्चुअल कार्यक्रम गरी सो दिवस मनाइरहेको छ । बोर्डले आज एक कार्यक्रम गरी दूध क्षेत्रको अवस्थाको बारेमा जानकारी गराउनु साथै विभिन्न कार्ययोजनाको बारेमा जानकारी गराएको छ । बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवको अध्यक्षतमा सो कार्यक्रम भएको थियो ।

खाद्य तथा कृषि संगठनले जुन १ २००२ बाट विश्व दूध दिवस मनाउँदै आइरहेको छ । नेपालमा सन् २०११ बाट यो दिवस मनाउन सुरु भएको हो । यो असहज अवस्थाले औपचारिक क्षेत्रतर्फ दूध संकलनमा करिब ४८ प्रतिशतले कमी र बजार ५३ प्रतिशतले गिरावट आएको छ भने दूध क्षेत्रका कृषकले पाँचदेखि आफ्नो भुक्तानी नपाएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

कोरोनाका कारण भएको बन्दाबन्दीले करिब तीन अर्ब रुपियाँ बराबरको दूग्धजन्य पदार्थ डम्प भएको उद्योगीहरुले दावी गरेका छन् । कोरोना महामारीअघि नेपालमा दैनिक आठ लाख २५ हजार लिटर दुध संकलन हुन्थ्यो भने औपचारिक क्षेत्रमा तीन लाख ८८ हजार लिटर विक्रि वितरण हुन्थ्यो ।

कोरोनाका कारण भएको बन्दाबन्दीमा चारलाख ३५ हजार लिटर मात्र उत्पादन हुन्छ भने ६९ हजार लिटर विक्रि वितरण हुन्छ । औषत कच्चा दूध संकलनमा ४७.२७ प्रतिशतले ह्रास आएको छ भने औषत दूध तथा दुग्ध पदार्थ विक्रिमा ५३ प्रतिशतले गिरावट आएको बोर्डले जनाएको छ । हाल नेपालमा चारहजार ११० मेट्रिकटन धुलो दूध र दुईहजार ५९५ बटर मौज्दात रहेको जानाकरी गराएको छ ।

तपाईको प्रतिक्रिया