कोरोना निको भइसकेका विरामीका लागि नर्भिकमा कोभिड प्याकेज

काठमाडौँ जेठ १७ गते । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको छ । कोभिड निको भइसकेपछि पनि देखापर्ने स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सो प्याकेज ल्याएको हस्पिटलले जनाएको छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको हो । नर्भिक अस्पतालले २ प्रकारका प्याकेज घोषणा गरेको छ । सस्तो दररेटको प्याकेज रु। ७५०० मै उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

यो प्याकेजअन्तरगत बिरामीको सिबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ ।

यस्तै, चेस्ट एक्स–रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ । सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया