सिरहा जेठ १८ गते । नेपाली काँग्रेसले सो पार्टीका नेता भोगेन्द्र यादवलाई तराई मधेश मुस्लिम नीति विभागको विज्ञमा नियुक्त गरेको छ । नेपाल काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्ष प्रतिष्ठानमा मोहम्मद मोख्तार अहमद संयोजक रहनु भएको तराई मधेश तथा मुस्लिम नीति विषयगत समितिको विज्ञको रुपमा पार्टीले नियुक्त गरेको छ ।
प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले हस्ताक्षर गरी दिनुभएको पत्रमा प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ । भोगेन्द्र यादव सिरहा औरही गाउँपालिकाका हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया