चीनबाट आठ लाख डोज कोभिड विरुद्धको खोप आउँदै

काठमाडौँ जेठ १८ गते । आठ लाख कोभिड खोप उपलब्ध गराई सकेको चीनले थप १० लाख डोज खोप दिएको छ ।
१० लाख डोज खोपमध्ये ८ लाख खोप आज आउने लागेको हो । खोप ल्याउनका लागि हिजै राती नेपाल वायुसेवा निगमको एयरबस ३३० चीन गएको हो । चीनबाट खोपसहितको विमान आज आउने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिनफिङबीच भएको फोन संवादपछि सो १० लाख डोज खोप आउन लागेको हो । अहिले आठलाख खोप आउँछन् भने बाँकी दुई लाख डोज खोप तिब्बतले दिने भनिएको छ ।

जेठ १६ गते चीनबाट ८०० सिलिण्डर, २०० आइसीयु बेड, ४५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, १५ हजार एन्टिजिन किट, २० अटोमेटेड एनालाइजर, १० डाक्टर मेसिन, २० अल्ट्रासाउन्ड र ३० अनेस्थेसिया मेसिन नेपाल ल्याइ सकेको छ ।

तपाईको प्रतिक्रिया