काठमाडौ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई कारवाही गर्ने विषयमा आज छलफल गर्ने भएको छ ।
पार्टी कार्यालय बालकुमारीमा पदाधिकारीको अनौपचारिक बैठक बसाएर उहाँहरुको कारवाही बारे छलफल गर्ने भएको छ । जेठ ११ गते तीन दिनभित्र स्पष्टिकरणको जवाफल दिन पत्र पठाइएको थियो । त्यसको जवाफ नदिएपछि फेरि जेठ १५ गते २४ घण्टे स्पष्टिकरण सोधेको थियो । त्यसको पनि जवाफ आएको छैन । जवाफ नआएपछि कस्तो खालको कारवाही गर्ने र कहिले गर्ने विषयमा छलफलका लागि उहाँले बैठक बोलाउनु भएको छ।


तपाईको प्रतिक्रिया