काठमाडौँ जेठ १८ गते । पटक पटक स्थगित हुँदै आएको नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्न लागेको हो । बैठक शनिवारदेखि पटक पटक स्थगित हुँदै आइरहेको थियो । हिजो माधव कुमार नेपाल पक्षका नेताहरुसँग छलफल गरेपछि आज बैठक बस्न लागेको हो । बैठक बस्नुअघि नेताहरुको बीचमा आन्तरिक छलफल चलिरहेको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो ।
सरकारले ल्याएका वजेटको समिक्षा, पार्टीको आन्तरिक विवादलगायतको विषयमा छलफल हुनेछ । माधवकुमार नेपाललगायत केही नेतालाई स्पष्टिकरण पनि सोधिसकेको छ । तर अझै कारवाही गरेको छैन । माधव नेपाल पक्षका सासदले नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सघाएका थिए । त्यसपछि पार्टीमा झन विवाद उत्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया