उपेन्द्र यादवले भन्नुभयो, ‘व्यपार घाटा काम गर्ने नाममा ढुगां, गिटी, बालुवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य हो’

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यपारघाटा न्युनीकरण गर्न खानीजन्य ढुगां, गिटी, बालुवा निर्यात अथवा निकासी गर्ने कार्य राष्ट्रघाती कार्य रहेको बताउनुभयो ।

अध्यक्ष यादवले बुधवार एक विज्ञप्ति जारी मधेशका भूमीको उर्वरता समाप्त भइ जनताको जीवन नै संकटमा पर्ने भएको हुँदा भरपर्दो अध्ययन नगरी ल्याइएको ढुगां गिटी, बालुवा उत्खनन गरी निर्यात गर्ने कार्य बन्द नगरिए मधेशी जनता आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया