काठमाडौँ जेठ २० गते । नेकपा एमालेमा रहेको दुवै गुटको आज छुट्टा छुट्टै बैठक बस्दैछन् । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको एमालेको बालुवाटारमा चार वजे बस्दैछ भने माधवकुमार नेपालको ११ वजे भर्चुअल बस्दैछ । तर दुवै पक्षले एक अर्काको बैठकमामाथि प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल पक्षले बोलाएकोे बैठकमा सहभागी नहुन निर्देशन दिनुभएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङबाट विज्ञप्ति जारी गर्न लगाएर अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले बोलाउने स्थायी कमिटीको बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । हिजो बस्ने भनिएको बैठक स्थगित गरी आजको लागि बोलाइएको आज पनि बस्छ कि बस्दैन ठेगान छैन । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपालका पक्षका १२ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ ।
ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ । त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट लागि परेको देखिन्छ । त्यही भएर अोली पक्षको स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ ।
माधवकुमार नेपालले आफ्ना पक्षका नेताहरुसँग पटक पटक छलफल गरेर आफूहरुमा विभाजन ल्याउने प्रयास प्रधानमन्त्री ओलीले आरोप लगाउनु भएको छ ।


तपाईको प्रतिक्रिया