जसपाबाट को को को बन्दैछन्, कसले पाए कुन मन्त्रालय ?

काठमाडौँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालले मन्त्रीको नाम टुगों लगाएको छ । अहिले मन्त्रालयको बारेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग छलफल गर्दैछन् ।

जसपाले फाइनल गरेका मन्त्रीका नामहरु
१. राजेन्द्र महतो
२. शरत्तसिंह भण्डारी
३. अनिलकुमार झा
४. राजकिशोर यादव
५ं. चन्दा चौधरी
६ं लक्ष्मणलाल कर्ण
७ं उमाशंकर अगरिया
८ं विमल श्रीवास्तव
९. एकवाल मियाँ
१० रेनुका गुरुंग

जनता समाजवादी पार्टी नेपाल पार्टीा वरिष्ठ नेता राजेन्द्र महतोाको नेतृत्वमा सरकारमा जाने भएका छ । महतोको भागमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय परेको छ भने शरतसिंह भण्डारीको भाग जलस्रोत तथा सिँचाई मन्त्रालय परेको छ । त्यस्तै, अनिल झाको भागमा शहरी विकास मन्त्रालय, विमल श्रीवास्तको भागमा खानेपानी मन्त्रालय र उमाशंकर अरगरियाको नेतृत्वमा युवा तथा खेलकुद मन्त्रालय परेको स्रोतले जनाएको छ ।
राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुगों लाग्न बाँकी छ । अरु मन्त्रालयको बारेमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग वालुवाटारमा छलफल चलिरहेको छ ।

तपाईको प्रतिक्रिया