काठमाडौंँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर केन्द्रीय सरकारीमा सहभागीको तयारी गरिरहेको बेला अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को सरकारमा हेरफेरको गृहकार्यमा लाग्नु भएको छ । त्यसका लागि उहाँले काँग्रेस र माओवादी केन्द्रसँग पटक पटक छलफल गर्नुभएको छ ।
अध्यक्ष यादवले हिजो मात्र काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो भने आज उपासभाम विमलेन्द्र निधिसँग छलफल गर्नुभएको हो ।
माओवादी केन्द्र र काँग्रेसले प्रदेश २ मा सरकार निर्माणका लागि सहयोग गर्ने सहमति जनाइएको छ तर काँग्रेसले पुरै मन्त्रीमण्डल नै हेरफेर गर्ने र सरकारको नेतृत्व काँग्रेसलाई गर्न दिनुपर्ने प्रस्ताव राखेको तर उपेन्द्र यादवले सुरुमा लालबाबु राउत नेतृत्वमा नै सरकारमा पार्टीलाई सहभागी गराउ त्यसपछि मुख्यमन्त्री हेरफेरको कुरा गर्ने प्रस्ताव गरेको स्रोतले दावी गरेको छ । यिनै विषयमा छलफल गर्नका लागि अध्यक्ष यादव भोली जनकपुर जान लाग्नु भएको हो ।
प्रदेश २ मा जसपा नेतृत्व (पूर्व राजपा र पूर्व समाजवादी पार्टी) नेतृत्वको सरकार रहेको छ । त्यसमध्ये पूर्व राजपाका केही मन्त्रीलाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी अध्यक्ष यादवको रहेको छ । पूर्व राजपाका तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् भने पूर्व समाजवादीका मुख्यमन्त्रीसहित तीनजना मन्त्री र तीनजना राज्यमन्त्री छन् ।
पूर्वराजपाका दुईजना मन्त्री रामनरेश राय यादव र नवलकिशोर साह उपेन्द्र यादवका पक्षमा गइसकेका छन् । बाँकी एकजना मन्त्री जितेन्द्र सोनल र सुरेश मण्डल, डा.डिम्पल झा र अभिराम शर्मा मात्र राजप नेपाल पक्षमा रहेका छन् ।
प्रदेश २ का एकजना प्रदशसभा सदस्यले भन्नुभयो, एकजना मन्त्री हटाएर उपेन्द्र यादवले रिक्स लिनु हुन्न, रामनरेश र नवलकिशोरलाई हटाउन सक्नुहुन्न, बाँकी रह्यो एकजना जितेन्द्र सोनल उहाँलाई एक्लै हटाउनु हुन्न बरु मन्त्रालय थप गरेर काँग्रेसलाई सहभागी गराउने सम्भावना देखिएको छ ।’ नत्र अर्को पनि सम्भावना छ, सबै मन्त्रीलाई हटाएर काँग्रेस, माओवादी केन्द्रलाई समेत समावेश गरेर मन्त्रीमण्डल पुनः गर्ठन गर्न सक्छन् ।’
त्यसका लागि प्रदेश २ मा हस्ताक्षर अभियान पनि चलिरहेको छ । मुख्यमन्त्रीमा टिक्नका लागि आफ्नो पक्षमा बहुमत देखाउनका लागि लालाबाबु राउतले हस्ताक्षर संकलन गरिरहनु भएको छ। उता, जसपा नेपालका तर्फबाट जितेन्द्र सोनलले हस्ताक्षर संकलन गरिरहनु भएको छ । संसदीय दलको नेता जो बन्छन् उही मुख्यमन्त्री बन्ने भएकाले प्रदेश २ मा संसदीय दलको नेता बन्नका लागि हानाथाप चलिरहेको छ ।
संसदीय दलको नेता बन्नका लागि २८ जना सांसद चाहिन्छ ।
जसपा नेपालका ५५ जना सांसद छन् । (३० जना पूर्व समाजवादी पार्टी र २५ जना पूर्व राजपा), काँग्रेसका १९, माओवादी केन्द्रका ८, एमालेको २१, संघीय समाजवादी पार्टीका एक गरी १०४ सांसद छन् । सरकार बनाउनका लागि ५३ जना सांसद भए पुग्छ ।


तपाईको प्रतिक्रिया