महन्थ ठाकुरले आजै मन्त्रीहरुको नाम प्रधानमन्त्री अ‍ोलीलाई बुझाउने

काठमाडौँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालले आज मन्त्रीको नाम टुगों लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग हिजो भेटेर छलफल गरी सरकारमा जाने विषय टुगों लगाउनु भएको छ । सरकारले माग पुरा गरेको छ र बाँकी माग पनि चाँडै पुरा गर्ने भएपछि जसपा नेपाल महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी निश्चित भएको छ ।

आठजना मन्त्री र दुईजना राज्यमन्त्री पाउने पक्का भएपछि मन्त्रीको नाम चयन गर्नमा जसपा ठाकुर पक्ष जुटेको छ ।  पार्टीमा छलफल गरेपछि उहाँले आजै एक वजे प्रधानमन्त्री अ‍ोलीलाई भेटेर नाम बुझाउने स्रोतले जनाएको छ ।

वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तय भएको छ त्यसका साथै कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादवको पनि सरकारमा जाने चर्चा रहेको छ । त्यस्तै उपेन्द्र यादवको पक्षबाट महन्थ ठाकुरको पक्षबाट आउनु भएको विमल श्रीवास्त, उमाशंकर अरगरियाको नाम पनि अग्रपंक्तिमा रहेको छ ।

उपेन्द्र यादवकै पक्षबाट आउनु भएको रुही नाज, रेणु गुरुङ र कलुदेवी विश्वकर्माले पनि मन्त्रीका लागि पार्टी नेतृत्वलाई दवाव दिइरहनु भएको छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर आफू सरकारमा नगएपछि आफ्नो तर्फबाट कम्तीमा एकजना पठाउने निश्चित भएको छ । त्यसमा वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, अकवाल अहमद, अकवाल मियाँ, उमाकान्त झा, डा.सुरेन्द्र झालगायतका नेता पनि मन्त्रीका आकाँक्षी रहनु भएको छ ।

यता, राजेन्द्र महतो पक्षका नेताहरु पनि मन्त्रीको दौडमा हुनुहुन्छ । लक्ष्मणलाल कर्ण, प्रमोद साह, अमृता अग्रहरी, चन्द्रकान्त चौधरी, राजकुमार चौधरीलगायतका रहनु भएको  छ। तर वरिष्ठ नेता महतो आफै सरकार जाने भएपछि अरुले मौका पाउने सम्भावना न्युन रहेको छ ।

तपाईको प्रतिक्रिया