रौतहटका दुईजना वडाअध्यक्षको कोरोनाका कारण निधन

गौर जेठ २१ गते । कोरोनाका कारण रौतहटको गरुडा नगरपालिकाका दुई जना वडाध्यक्षको मृत्यु भएको छ। गरुडा नगरपालिका वडा नम्बर २ गेडही गुठीका वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको हो। यसअघि जेठ ३ गते सोही नगरपालका वडा नम्बर ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको पनि कोरोनाका कारण निधन भएको थियो ।

वडा अध्यक्ष सहनीको मृत्यु काठमाडौंको सिटी अस्पतालमा उपचारको क्रममा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्द मुस्ताक आलमले जानकारी दिनुभयो ।

सहनी कोरोना संक्रमण भएपछि एक महिनादेखि उनको उपचार काठमाडौंमा भइरहेको थियो ।

वडाध्यक्ष यादवको निधन पनि काठमाडौको ग्राण्डी अस्पतालमा चलिरहेकै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया