काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी पार्टीका वरिष्ठ नेता एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले पार्टीमा आफूहरुको बहुमत रहेकाले निर्वाचन आयोगले पनि आधिकारिता दिने आफू विश्वस्त रहेको बताउनु भएको छ ।
जसपा नेपालको आधिकारिकता सम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको बेला मन्त्री महतोले सो कुरा बताउनु भएको हो । नयाँ मन्त्रीहरुलाई शुभकामना तथा स्वागत गर्नका लागि पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै मन्त्री महतोले पार्टीको आधिकारीता आफ्नो पक्षमा रहन्छ त्यसमा ढुक्क रहन कार्यकर्ता तथा नेतालाई आग्रह गर्नुभयो ।
उहाँहले भन्नुभयो, देशभर रहेको पार्टी संगठनका ७० प्रतिशत नेता तथा कार्यकर्ता हाम्रो पक्षमा छन् ढुक्क हुनुस् पार्टी कतै जाँदैन यतै रहन्छ देशको वैकल्पिक पार्टी बनाउनेछौं ।’
उहाँले अहिले जनता समाजवादी पार्टीले जनताको माग पूरा गराउन भूमिका खेलेकाले जनताले सरकारमा जानु ठीक भनिरहेको पनि दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, हामी सरकारमा जाँदा कसैले विरोध गरेको छैन, कतै आलोचना भएको छैन, जनताले पनि सरकारमा जानु कि भएको भनिरहेको छ ।’


तपाईको प्रतिक्रिया