काठमाडौँ जेठ २२ गते । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्री पदमा सपथ लिने वित्तिकै विवादमा तानिनु भएको छ । उहाँले पदभार ग्रहण गर्दै बहुराष्ट्रिय बनाउने अभिव्यक्ति दिएपछि विवादमा तानिनु भएको छ । उहाँले आज पनि त्यो कुरा दोहोराउनु भएको छ ।
उहाँले नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेताहरुले त्यसको विरोध गर्दै पुतला जलाउनु भएको छ । एमालेका नेता माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाउनु भएको छ ।
‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर गरिएको छ ।
माधव नेपाल समूहका एमालेका कार्यकर्ताहरुले पुतला जलाउँदै उपप्रधानमन्त्री महतोको राजिनामा माग गरेका छन् ।



तपाईको प्रतिक्रिया