Khadya Bibhag

सिंहदरवार V\S मधेश भवनः ठाकुरलाई सिंहदरवारमा अल्झाएर मधेश हान्ने दाउमा उपेन्द्र

काठमाडौँ जेठ २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ता सिंहदरवारमा अविर र खादा लगाएर खुशीयाली मनाइ रहँदा अर्का अध्यक्ष उपेन्द्र यादवले मधेशभवनमा संसद बटुल्नमा लाग्नुभएको छ ।

अध्यक्ष ठाकुर पक्षका आठजना मन्त्री भएका छन् भने दुईजना राज्यमन्त्री भएका छन् । अहिले उनीहरु सिंहदरवारमा बधाई खाइरहेका छन् भने पार्टी कार्यालय बबरमहलमा हिज्जैदेखि लड्डु बाँड्ने काम सुरु गरेको छ । तर उता, सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवव हिज्जैदेखि काठमडाौ छाडेर जनकपुर बस्नु भएको छ । र, त्यहाँ अध्यक्ष पक्षका सांसदहरुलाई तानेर आफ्नो पक्षमा ल्याई लालबाबु राउतलाई सांसदीय दलका नेता बनाउनु भएको छ ।

अध्यक्ष ठाकुरले काँग्रेस र एमालेसँग मिलेर प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी थाल्नु भएको थियो । त्यसका लागि उहाँले काँग्रेसलाई मुख्यमन्त्री दिन पनि तयार हुनुभएको थियो । यो कुरा थाह पाएर उपेन्द्र यादव शुक्रवार काँग्रेसका सभापति शेरबहादुर देउवा र उपासभापति विमलेन्द्र निधिसँग छलफल गरेर जनकपुर हानिनु भयो ।

अध्यक्ष ठाकुर जतिखेर बालुवाटारमा मन्त्रीको हिसाब किताब गरिरहनु भएको थियो, त्यतिखेर उपेन्द्र यादव जनकपुर पुगेर जसपाका नेताहरुसँग छलफल गरिरहनु भएको थियो । राष्ट्रपति भवनामा अध्यक्ष ठाकुर पक्षमा १० जना नेता मन्त्री तथा राज्यमन्त्रीको सपथ लिइरहँदा उपेन्द्र यादव जनकपुरको वेलकम होटलमा बसेर अध्यक्ष ठाकुरलाई सुकाई दिने योजना बनाइरहनु भएको थियो ।

आज अध्यक्ष ठाकुर पक्षका मन्त्रीहरु सिंहदरवारको मन्त्रालयमा पदभार ग्रहण गरिरहँदा अध्यक्ष उपेन्द्र यादव मधेशभवनमा अध्यक्ष ठाकुर पक्षका सांसदहरुको हस्ताक्षर संकलन गर्दै राउतलाई संसदीय दलको नेता घोषणा गरिरहेनु भएको थियो ।

हालसम्म राउतको पक्षमा ३७ जनाले हस्ताक्षर गरिसकेका छन् भने अझै तीनजना हस्ताक्षर गर्न बाँकी छन् । अध्यक्ष ठाकुर पक्षमा रहेका २५ जना सांसदमध्ये आठजना उपेन्द्र यादवको पक्षमा जाने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया