काठमाडौं माघ ८ गते । भारत सरकारले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप आज नेपाल आउन लागेको हो ।
नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप कोभिड–१९ का लागि अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराउने भनिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । भारतबाट प्राप्त हुने कोभिसिल्ड खोप आज अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय दुतावासले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
यसअघि औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
कोभिसिल्ड सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । कोरोनाविरुद्धको खोप कोभिसिल्डमा पाइने पदार्थबाट पहिलादेखि नै एलर्जी हुने समस्या छ भने त्यस्ता व्यक्तिलाई कोरोनाको खोप लगाउन हुँदैन ।
कोभिसिल्डमा एल हिस्टिडाइन, एल हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिसोडियम एडिटेट डाइहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाड्रेट, पोलिसाबेट ८०, इथानोल, सुकरोज, सोडियम क्लोराइड र सुईका लागि पानी रहेको छ ।



तपाईको प्रतिक्रिया