काठमाडौं माघ ८ गते । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
बारामा आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसका बाराका नेताहरु तेजमान पाख्रिन, जीतबहादुर मगर, सुशिल पाख्रिन, रामदेव रुम्बा, राजकुमार घलानलगायतका नेताहरु जसपा नेपालमा प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई जसपा नेपालका कार्यकारिणी सदस्य तथा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले माला तथा खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
जसपा नेपालका नेता भरतबहादुर रुचालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य एकÞबाल मियाँ , बारा क्षेत्र नम्बर ४ (क) को अध्यक्ष घनश्याम गिरी, जसपा नेता रामबाबु गुप्ता, जफरुलहवारी, जगतनारायण महतो, बलिराम सर्राफ लगायतको उपास्थिति थियो ।
जसपा नेपालका नेता सोनलले उहाँहरुलाई स्वागत गर्दै मधेशी र आदिवासी जनजातिको एकतामा जोड दिनुभयो । देशमा मधेशी र आदिवासी जनजातिमाथि नै विभेद भएको र त्यो विभेदका कारण देशको परिवर्तन संस्थागत हुन नसकेको धारणा उहाँले राख्नुभयो ।



तपाईको प्रतिक्रिया