काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले प्रदेश २ मा जनताको अभिमत विपरित जसपाका अध्यक्ष उपेन्द्र यादवले काम गर्नुभएको आरोप लगाउनु भएको छ । प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ तर आफ्नै पार्टीका मन्त्रीलाई हटाएर अर्को पार्टीलाई समावेश गराउनु राजनीतिक बेइमानी भएको बताउनु भएको छ ।
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई निलम्बन गरेपछि अध्यक्ष मिश्रको यस्तो प्रतिकृया आएको हो ।
उहाँले अध्यक्ष यादवले दुई बुँदे समझौता गरी प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वकै सरकारमा सहभागी हुँदा राजपालाई पनि प्रदेश २ को सरकार परिवर्तन गर्न दवाव आएको थियो तर राजपाले त्यस्तो नगरी मधेशले दिएको अभिमतको कदर गर्दै तत्कालिन राजपा र समाजवादी पार्टीको संयुक्त सरकार कायम रह्यो तर आज आफ्नै पार्टीका नेताहरु सरकारमा जाँदा प्रदेश २ मा अप्रिय निर्णय गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, अहिले जुनकिसिमले अहङ्कारी पाराले अभिमतको विरुद्धमा उपेन्द्रजी जानुभयो, यसले कालान्तरमा मधेशले उहाँसँग जवाफ माग्नेछ।’


तपाईको प्रतिक्रिया