भारतीय अभिनेता दिलिपकुमारको स्वास्थ्यमा सुधार

काठमाडौँ जेठ २६ गते । बलिउड फिल्मका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा सहभागी डाक्टर जलील पारकरले स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।

पारकरले भने ‘दिलीप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ । तर उनी अक्सिजन सपोर्टमा छन् ।’ केही दिन अगाडि सामाजिक संजालमा दिलीप कुमारको निधनको हल्ला समेत फैलिएको थियो । सोही कारण डा. पारकरले उनको स्वास्थ्यको अपडेट गराएका हुन् ।

यस अगाडि दिलीप कुमारले ट्वीट मार्फत कुनैपनि किसिमको हल्लालाई सत्य नमान्न अनुरोध गरेका थिए । डाक्टरका अनुसार २–३ भित्र उनी अस्पतालबाट डिस्चार्ज हुनेछन् ।

दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया