प्रदेश २ सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारीमा विशेष जोड दिइएको छ। संघ सरकारले बजेट वक्तव्यमा व्यापार घाटा न्यूनिकरण गर्न चुरे क्षेत्रबाट गिट्टी बालुवा उत्खनन् गर्ने गरी योजना ल्याएकोमा त्यसलाई काउन्टर दिँदै प्रदेश सरकारले चुरे क्षेत्रको संरक्षणका लागि विशेष योजना ल्याएको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।
कोरोना परीक्षणको दायरा फराकिलो बनाइने, पूर्ण खोप प्रदेश अभियान चलाइने, दलित तथा सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइने लगायतका योजना प्रस्तुत गरिएको छ।
वार्षिक-नीति-तथा-कार्यक्रम-अन्तिम-परिमार्जित-02_24-3


तपाईको प्रतिक्रिया