-मनिष मिश्र
अहिले देश र देशको राजनीति गम्भीर मोडबाट गुज्रिरहेको सर्वविदितै छ । देश एकातिर कोरोनाको महामारीको चपेटामा परेको छ भने अर्कोतिर देशको राजनीतिक अस्थिरताले हामी र हाम्रो पार्टीलाई पनि तरङ्गित गरेको अवस्था छ ।
पहिलो त यस कोरोना महामारीसँग लड्न हामी र हाम्रो सरकार पूर्ण रूपमा तयार हुनुपर्छ तथा स्रोत साधनको अभावले पनि जनताको संयमता र सुझबुझले हामी यो लडाई लडी राखेका छौं । तथा पार्टीका विभिन्न तहतप्काले आ–आफ्नो स्तरबाट यस कोरोना महामारीमा आफू सुरक्षित भई गर्दै आएको सहयोग र गरिराखेको कार्य सराहनीय नै छ । तथापि यस महामारीसँग सफल मुक्तिका निम्ति भगवान पशुपतिनाथसँग हार्दिक प्रार्थना गर्दछौ ।
अब रह्यो कुरा देशको राजनीति तथा हाम्रो पार्टी जसपा नेपालको अवस्था । हामी सबैलाई थाह छ, हामी किन एक भएका थियौ, किन रातारात एकिकरण गरेका थियौं । हाम्रो लक्ष्य के थियो र अहिले हामी कहाँ छौ । आफ्नै नेता र पार्टीको बारेमा सामाजिक सञ्जालदेखि विभिन्न बहसहरूमा नकारात्मक टिका टिप्पणी गर्नु भन्दा पहिला यी प्रश्नहरूको उत्तर खोज्नु र सम्झिन जरूरी छ ।
हामी देशलाई बुझेको र विभेदमा परेको भुमि पुत्र हौं । शोशित भएको, क्षमताले पूर्ण भएको तर राज्यको श्रोत साधनदेखि सधै अलग थलग राखिएको, जनसंख्याको हिसाबले बहुसङ्ख्यक तर राज्य सञ्चालनदेखि टाढा पारिएको छ ।
सबैभन्दा बढी कर तिर्ने हामी तर हामी माथी कायर जस्तो व्यवहार गरिएको यी र यस्था बेथिति विरुद्ध संघर्ष गर्ने जमातहरू एक ठाउँमा हुनुपर्छ अनि मात्र हामीले उठाउँदै आएको समस्या समाधान हुन्छ भनि राम्रो उद्देश्यका साथ मधेशी, थारू,मुस्लिम, नेवार, आदिवासी जनजाति, शेर्पा, राई, लिम्बुलगायतका जातिहरू राजनीतिक हिसाबले एक ठाउँमा आयौं । र परिणाम स्वरूप जनता समाजवादी पार्टी नेपाल बन्यो । यो एकिकरण हुन नदिनका लागि विभिन्न समयमा फरक फरक आवरणमा शासकहरूले गरेको ताण्डव अहिले पनि हामीसँग ताजा नै छ ।
कहिले हाम्रो पार्टी प्रतिबन्ध गर्ने त कहिले विदेशीको ईसाराको आरोप लगाई जनसमर्थन घटाउन खोज्ने त कहिले आन्दोलनकारीहरूलाई आन्तकारी जस्तो व्यवहार गरी मार्न लगाउने त कहिले विभिन्न आरोप लगाई नेताहरूलाई नै कमजोर बनाउन खोज्ने त कहिले सत्ताको खेलमा पार्टी कमजोर बनाउन तोडफोड गर्न लगाउने जस्ता कार्यहरु भयो । तैपनि हामी हार मानेनौ र एकजुट भई आफ्नो आवाजलाई झन बुलन्द बनायौ र शासकरूको टाउको दुखाई बन्यौ ।
त्यही बेलादेखि कुनै न कुनै किसिमले हामीलाई कमजोर पार्नका निम्ती शासक वर्गले विभिन्न किसिमका प्रपञ्चहरू रच्दै आए र हामी सबै प्रपञ्चहरू छिचोल्दै अगाडी बढ्दै गयौं । सत्ताको खेलमा फँसाई कमजोर पार्ने रणनीतिका साथ उग्ररूपमा शासक अगाडी बढेको छ भने हाम्रा केही नेताहरू त्यसको हतियार बन्न तम्तयार रहेको प्रारूप देखिदैछ ।
हामी इमान्दारीताका साथ सोंचौ जसको लागी हतियार बन्न तयार छौ के उ नैतिक हिसाबले इमान्दार छ र हामीसँग लामो समयसम्म हिड्न सक्छ कि सक्दैन किनभने प्रचण्ड इमान्दार भएको भए बाबुराम भट्टराई, मोहन बैद्य, नेत्र विक्रम चन्द, रामबहादुर थापालगायत नेता विभिन्न आरोप लगाई छोड्ने थिएनन होला, काँग्रेस हामीसँग इमान्दार भएको भए हाम्रो मानिसहरूलाई मारेर संविधान पक्कै पनि घोषणा गर्दैन्थ्यो होला, एमाले र केपी ओलीको त कुरै छोडौं जगजाहेर नै छ । तसर्थ आज कम्युनिष्टहरूको आफ्नै किचलोले गर्दा हामी र हाम्रो पार्टी राजनीतिक चाभी जस्तो देखिएको हो र राजनीतिक महत्व बढेको देखिन्छ तर हामी के नबिर्सौ भने जनताले दिएको अधिकार चौथो राजनीतिक दलको रूपमा हो र यो हैसियत प्रतिपक्षको रूपको हुन्छ ।
त्यस कारण हाम्रो महत्व बढेकोले गर्दा मौकाको फाईदा सरह हामीले आफ्नो मुद्दाहरू तिर बढी जोडबल गर्नुपर्छ र यस्तो अवस्थामा हाम्रो आवश्यकता भएकोले हाम्रो सम्बोधनतिर अग्रसर हुनेछन् फलस्वरुप जति भएपनि हाम्रो उपलब्धि हुनेछ ।
रह्यो सरकारको विकल्प खोज्ने, कुनै पात्रलाई प्रधानमन्त्री बनाउने, यस्तो अवस्थामा मानौ हामी विकल्पमा गयौ, सम्झौता गर्यौ तर भोली पुरा गरेन भने उपेन्द्र यादवलाई जवरजस्ति वहिर्गमन गर्यो जस्तो लजास्पद बहिर्गमन हुने र समर्थन फिर्ता गर्ने बाहेक हामीसँग के नै उपाय हुन्छ र ? हाम्रो लागि त तीनवटै दलका शीर्ष नेतृत्व उस्तै हो सब टेस्टेड भईसक्या छन् । तसर्थ हामी आफ्नो मुद्दातिर अग्रसर होऔ सरकार तिर होईन । आउने समयमा हुने निर्वाचनबाट अधिक भन्दा अधिक सँख्या ल्याउन सफल होऔं र जनादेश अनुसार सरकार बनाऔं । यति भनि रहँदा पनि कोही व्यक्तिगत इष्र्या एवं स्वार्थका निम्ति पार्टी फोड्ने वा फुटाउने दुस्साहस गर्छन् भने त्यसलाई इतिहासले कदापी माफ गर्ने छैन र कालान्तरमा पछताउने बाहेक कुनै विकल्प हुदैन ।
(लेखक मनिष मिश्र जसपाका विद्यार्थीका अध्यक्ष हुनुहुन्छ)


तपाईको प्रतिक्रिया