ढुगां, गिट्टी , बालुवा निर्यात रोक्न जयराम यादवद्वारा संशोधन प्रस्ताव

काठमाडौँ जेठ ३० गते । जनता समाजवादी पार्टीका प्रदेश १ प्रदेशसभा सदस्य जयराम यादवले संघीय सरकारले नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ ।

प्रदेशसभामा प्रदेश १ सरकारले प्रस्तुत गरेका आगामी वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारले ल्याएको सो नीति कार्यान्वयनमा नलैजान उहाँले माग गर्नुभएको छ । सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नास हुने दावी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया