काठमाडौँ जेठ ३०–जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा बहुमत पुर्याउन नसकेको कारण अब के गर्ने भनि विचार विमर्शमा जुटेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीका शीर्ष नेता तथा कार्यकारिणी सदस्यहरु छललफलमा जुट्नु भएको हो । ५१ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये ३१ जना उपेन्द्र यादवको पक्षमा छन् भने २० जना उपेन्द्र यादवको पक्षमा छन् । यो २० जनाकै हस्ताक्षर बुझाई दिने कि नयाँ पार्टी नै दर्ता गर्ने विषयमा छलफल गर्न नेताहरु बबरमहलमा जुटेका छन् ।
कार्यकारिणी समितिको निर्णय अनुसार उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेको पत्र निर्वाचन आयोगमा बुझाएपछि आयोगले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरसहितको नाम र निर्णयको प्रतिलिपी निर्वाचन आयोगमा बुझाउन भनेको थियो । तोकिएको समयमा नाम बुझाउन नसकेपछि महन्थ ठाकुर पक्षले जेठ २३ गते एक हप्ताको समय माग गरेको थियो तर एक हप्ता विते पनि हालसम्म नमावली बुझाउन सकेको छैन ।
स्रोतका अनुसार बहुमत पुर्याउन नसके नयाँ पार्टी नै बनाउने सोचमा सो पक्षका नेताहरु पुग्नुभएको छ तर अझै निर्णय भएको छैन ।


तपाईको प्रतिक्रिया