काठमाडौँ असार १ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
त्यसका लागि उहाँले कानुन व्यवसायीहरुसँग छलफल सुरु गर्नुभएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा परामर्श सुरु गर्नुभएको बताइएको छ । जसपाको पार्टी विवाद सम्बन्धी निर्ण पूर्वाग्रहरी रहेको भन्दै त्यसको लागि कानुनी लडाईका लागि सर्वोच्च अदालत जान लागको हो ।
पार्टीको निर्णय अनुसार महन्थ ठाकुरलगायत अन्य नेताहरुलाई पार्टी अनुसाशन सम्बन्धी कारावही गरी पार्टीको जिम्मेवारी पदबाट हटाइ आयोगको दर्ता किताबमा अध्यावधिक गर्न दिएको पत्रका साथै निर्वाचन आयोगले माग बमोजिम सम्पूर्ण कागजात एवं प्रमाणहरु समेत बुझाए पनि आयोगले पूर्वाग्रही निर्णय गरेको अध्यक्ष यादवले दावी गर्नुभएको छ ।
अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गरी आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४, जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बग्यांइ अपब्यख्या गरी पार्टी विधान विपरित काम गर्ने र दलको आचारसहिंता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलार्य परोक्ष रुपले वैधानिकता दिन खोजिएको आरोप लगाउनु भएको छ ।


तपाईको प्रतिक्रिया