Khadya Bibhag

जसपाको आधिकारिताका लागि उपेन्द्र यादव निर्वाचन आयोग जाने

काठमाडौँ असार १ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिताका लागि निर्वाचन आयोग जाने भएको छ । त्यहाँका बारेमा छलफल गर्नका लागि उहाँले असार ३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनु भएको छ ।

अध्यक्ष यादवले आज निर्वाचन आयोगले आज पार्टीको बारेमा गरेको निर्णय सम्बन्धमा कानुन व्यवसायीहरुसँग परामर्श लिनु भएको छ । कानुन व्यवसायीहरुले पार्टीसँग बहुमत छ, सबै कानुनी रुपले सबै कागजात दुरुस्त छ भने निर्वाचन आयोगमा गएर सिधै आधिकारिताको लागि दावी गर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालत जान सकिन्छ, तर, बहुमत नै छ भने पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग जान आफूहरुले सुझाव दिएको वरिष्ठ अधिवक्ता मिथलेशकुमार सिंहले बताउनुभयो । उहाँले निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर पनि गर्न सकिन्छ र निर्वाचन आयोगमा गएर आधिकारिकता पनि दावी गर्न सकिनछ दुइटै विकल्प एकपटक पनि प्रयोग गर्न सकिन्छ भनि आफूहरुले सुझाव दिएको बताउनुयभो ।

उहाँले भन्नुभयो, निर्वाचन आयोगले जसपाको बारेमा एकदमै गलत निर्णय गरेको हो, पार्टीको विधान, राजनीतिक दल सम्बन्धी ऐन सबैको खिलापमा निर्णय गरेको हो, त्यसैले जसपा सर्वोच्च अदालत जाँदा पनि हुन्छ ।’
यस बारेमा अधयक्ष यादवले पर्टीमा छललफल गरेर निर्णय लिने प्रतिकृया दिनु भएको अधिवक्ता सिंहले बताउनुभयो ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष यादवले एक अर्कालाई गरेको कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी गराउँदा त्यसबारे आयोगले सो निर्णय गरेको हो । दुवै पक्षले गरेको कारवाही कानूनसम्मत नरहेको भन्दै आयोगले निवेदन पनि खारेज गरेको छ ।
पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवाही गर्नुभएको थियो । त्यसपछि अध्यक्ष महन्थ ठाकुरले पनि अध्यक्ष यादव लगायतलाई कारवाही गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया