किसान आयोगद्वारा वजार अनुगमन

काठमाडौँ असार १ गते । राष्ट्रिय किसान आयोगले बजार अनुगमन सुरु गरेको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधज्ञामा किसानले उत्पादन गरेको वस्तु ढुवानीमा समस्या देखिएको गुनासो आएपछि आयोगले अनुगमन सुरु गरेको हो ।

आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दगांलका अनुसार पछिल्लो समय तकारी तथा खाद्यवस्तु एवं दूध ढुवानीमा समस्या भइरहेको गुनासो किसानबाट आएपछि आयोगले अनुगमन थालेको हो । चावेल, कोटेश्वर, थानकोट, नागढुङ्गालगायतका क्षेत्रमा अनुगमन गरिएको हो । पहिला जस्तो समस्या छैन तर ठाउँ ठाउँमा गाडी ‘होल्ड’ गरेको भेटिएको उहाँले बताउनुभयो । समान पुर्याएर फर्किने क्रममा कतिपय ठाउँमा गाडीलाई ‘होल्ड’ गरिएको भेटिएको छ भने कतिपय ठाउँमा तोकिएको बाहेक समयमा गाडी चलाएको कारण गाडीलाई ‘होल्ड’ मा राखिएको उहाँले बताउनुभयो ।

तरकारी तथा किराना पसल नौ वजेसम्म खोल्ने भनेको छ तर समान राखेर फर्किदा नौ वजेभन्दा बढी समय भएको कारणले पनि कतिपय ठाउँमा गाडीलाई ‘होल्ड’ गरिएको पाइएको छ । कतिपय गाडीले तरकारी तथा खाद्यान्न बोके पनि त्यसको परिचय नखुलेको कारणले पनि ‘होल्ड’ गरिएको भटिएको उहाँले जानकारी दिनुभयो । यद्यपी प्रहरीलाई भनसुन गरेपछि छाडेको पनि भेटिएको छ । कृषिलाई पनि अत्यावश्यक वस्तुमा राख्ने अवस्था आइसकेको बताउँदै उहाँले कृषिलाई अत्यावश्यक वस्तुमा राखिएको भएपनि स्पष्टता देखिएको छैन सरकारसँग अनुरोध गरेर कृषिलाई पनि अत्यावश्यक वस्तुको रुमपा दर्ज गर्नुपर्ने बताउनुभयो ।

दुधलाई तीनघण्टा बढी समय होल्ड गर्यो भने त्यो बिग्रिन सक्छ, त्यस्तै, हरियो तरकारीको ढुवानीमा समस्या अवरोध भयो भने त्यो पनि बिग्रिन सक्ने, त्यस्तै पाकेका फलफूल समयमा ढुवानी नभए त्यो पनि बिग्रिन सक्ने भएका हुनाले कृषिलाई स्पष्ट किटानीका साथ अत्यावश्यक वस्तुमा राख्नुपर्ने उहाँले बताउनुभयो । मंगलवारदेखि निषेधज्ञामा केही खुकुलो गरेको छ, त्यसबाट ढुवानीमा कस्तो असर गदर्छ त्यसको बारेमा पनि अनुगमन गर्ने बतउाँदै आयोगका अध्यक्ष दगांलले बताउनुभयो । अनुगमनका लागि दुईटा टोली खटाइएको थियो ।

 

तपाईको प्रतिक्रिया