Khadya Bibhag

भारतीय सेनामा नेपाल महिलाका लागि विज्ञापन खुल्ला

काठमाडौँ असार ३ गते । भारतले आफ्नो सेनामा नेपाली महिलालाई भर्ना लिने भएको छ । त्यसका लागि भारतीय सेनाले विज्ञापन गरेको छ ।
त्यसका लागि नेपालस्थित भारतीय दूतावास, कल्यणकारी शाखामार्फत भारतीय सेनामा महिला सेना पुलिसको छनौटको लागि भर्ना सम्बन्धी सूचना जारी गरेको छ । जेठ २३ (जुन ६) देखि साउन ५ (जुलाई २०) सम्म फर्म खुल्ला गरेको छ । जारी गरिएको सूचना अनुसार उम्मेदवार महिलाले अनलाइन फर्म भर्नसक्छ ।

त्यसको उम्मेदवार बन्नका लागि उमेर १७ वर्षदेखि २१ वर्षसम्मको प्रावधान राखेको छ, तर वीर नारीहरुको हकमा ३० वर्ष तोकेको छ । शैक्षिक योग्यत १० कक्षा उतिर्ण भएको हुनुपर्छ भनेको छ । उचाई १५२ सेमी तोकेको छ तर गोर्खा उम्मेदवारर्ला चार सेमीसम्मको छुट दिएको सूचनामा उल्लेख छ ।

भौतिक परीक्षणमा आठ मिनटभित्र १.६ किलोमिटर दौड गर्नुपर्छ भने लङ्गजम्प १० फिट र हाइजम्प ३ फिट राखिएको छ । सूचनाअनुसार भूपू सैनिक, वीर नारी, विधवा सैनिकका छोरीहरुको लागि तौलमा दुई केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिनेछ ।
यसअघि गोर्खा सैनिकका लागि मधेशी समुदायका भर्ना पनि खुल्ला गरेको थियो ।

 

तपाईको प्रतिक्रिया