काठमाडौ असार ४ गते । जनता समाजवादी पार्टीका कार्यकारीणी समितिका सदस्य कृष्ण सिंहले सिन्धुपाल्चोक मेलम्चीमा भएको महाविनासकारी बाढीबाट पिडित भएका जनताको राहतका लागि सहयोग रकम घोषणा गर्नु भएको छ ।
उहाँले बाढीले पुर्याएको क्षति पुर्नस्थापनाको लागि २५ हजार रुपियाँ रकम सरकारमार्फत सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
उहाँले राहत सहि तरिका बाट पीडित समक्ष पुगोस् भनि आग्रह गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया