Khadya Bibhag

अध्यक्ष यादव पक्षद्वारा निर्वाचन आयोगमा दल आधिकारिताको दावी (फोटो फिचर)

काठमाडौ असार ४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दलको आधिकारीताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराउनु भएको छ ।


कार्यकारिणी समितिको ३० जनाको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेर उहाँले निवेदन दर्ता गराउनु भएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चारजनालाई पार्टीबाट निष्काशन गरेको कुरालाई निर्वाचन आयोगले अस्वीकार गरेपछि आज पार्टीको आधिकारिताको दावी गर्न निर्वाचन आयोग पुग्नु भएको हो ।


पार्टीको आधिकारिता दावीका लागि हिजो कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकबाट यो निर्णय भएको थियो । जसपाभित्र उत्पन्न विवाद निरुपणका लागि राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम दलको बहुमतको निर्णय कार्यान्वयन तथा पार्टीलाई ऐन, नियम र विधानसम्मत सञ्चालन गर्न गराउन निर्वाचन आयोगको मिति २०७८र२र३० को निर्णयले वाधा उत्पन्न भएकाले आधिकारिकताका लागि निर्वाचन आयोगमा लिखित दावीसहितको निवेदन दिने भनि निर्णय गरेको थियो ।

निर्वाचन आयोगमा अध्यक्ष यादवसहित अशोक राइ, लालबाबु राउत, विजय यादव, मृगेन्द्रकुमार सिंह, गज्जाधर यादवलगायतका नेताहरु पुग्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया