Khadya Bibhag

मन्त्री चौधरीले भन्नुभयो, ‘मन्त्री पदमा भएपनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहनेछु’

जनकपुर असार ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई जन्म स्थान महोत्तरीको मटिहानीमा भव्य स्वागत गरेको छ । मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्म स्थान महोत्तरीको मटिहानी पुग्नु भएको मन्त्री चौधरीलाई त्यहाँका स्थानीय जनताले भव्य स्वागत गरेको हो ।

मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी हुनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले आफना स्वर्गीय दाजुलाई सम्झना गर्दै भावुक हुदैं भन्नुभयो, ‘म कहिले क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइन, तपाईहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईहरुलाई जान्छ ।’

आफु जहिले पनि मटिहानी आउँदा यहाँको जनताको अपार साथ, समर्थन र सहयोग रहेको प्रशंसा गर्दै आफु मन्त्री पदमा भए पनि नभएपनि सधैं जनताको दुःख सुखमा साथ रहने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामाजिक कार्यमा सधैं अग्रपंक्तिमा रहनु भएको मन्त्री चौधरी नियुक्त भएपछि जिल्ला पुँग्दा स्थानीय जनता निकै खुशी देखिनु भएको थियो ।


त्यस्तै, मन्त्री चौधरीले शनिवार विहान जनकपुरमा रहेको माता जानकीको मन्दिरमा पुजाआजा र दर्शन गर्नुभयो । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गर्नुभएको थियो ।

आजै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश साँसदहरुसँग भेटघाट र शुभकामना आदान प्रदान समेत गर्नुभयो । मन्त्री चौधरी नागरिक समाज, स्थानीय नेता कार्यकर्ता, आम सर्वसाधारण पत्रकारहरुसँग छोटो छलफल समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया