Khadya Bibhag

आम टिप्न गएका बालिकाको हत्या

सप्तरी असार ५ गते । सप्तरीमा आँप टिप्न गएकी नौ वर्षीया बालिकाको आज हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको छ ।

पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी थिइन् सोही क्रममा शिवानीको हत्या भएको पारिवारका सदस्यहरु बताउँछन् ।

प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताउनुभयो । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो । हत्या भएको वरिपरी खेतमा काम गर्नेहरु पनि थिए तर कसैले हत्याको बारेमा थाह नपाएको बताइएको छ । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

तपाईको प्रतिक्रिया