काठमाडौँ असार ५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीका जालसाजी काम गरेको आरोप लगाएका छन् । २०७७ पुस ७ गते हुँदै नभएको निर्णयलाई हवाला दिँदै निर्वाचन आयोगमा दलको विवरण परिवर्तन गरेको भनि दिएका निवेदनप्रति आपत्त जनाउँदै जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग प्रमुखले डम्बर खतिवडाले आज एक विज्ञप्ति जारी त्यसको खण्डन गर्नुभएको छ ।
गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरु सोही दिन अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको उल्लेख गर्दै खतिवडाले त्यो निर्णय कार्यकारिाण्ी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भातृ संगठनहरुलाई परिपत्रको रुपमा पनि पठाइएको थियो तर त्यसमा कतैपनि अध्यक्ष ठाकुरलाई कार्यकारिणी हेरफेर तथा पुर्नगठन गर्ने अधिकार दिएको उल्लेख नरहेको बताउनु भएको छ ।


तपाईको प्रतिक्रिया