नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजिनामा दिइहाल्नु पर्छ-प्रदेश सांसद यादव
काठमाडौ असार ८ गते । जनता समाजवादी पार्टी नेपालका नेतृ एवं प्रदेस २ का प्रदेशसभा सदस्य डा.रिना यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनु पर्ने बताउनु भएको छ ।
संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्री विस्तार कानुनसम्मत नरहेको भन्दै सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि सांसद यादवको यस्तो प्रतिकृया आएको हो । आफैले सिफारिस गरेको मन्त्रीलाई पदमुक्त गरेपछि प्रधानमन्त्री ओली अब एक मिनेट पनि पदमा बस्न मिल्दैन तुरुन्त राजिनामा दिहाल्नु पर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले गैर संवैधानिक कार्य गरेर देशलाई बर्बाद गरेको बताउदै उहाँले प्रधानमन्त्री ओली देशलाई होइन दलहरुलाई पनि तहस बनाएको आरोप लगाउनु भयो । ओलीले नेकपालाई तहस नहस बनाए भने आफ्नै पार्टी एमालेलाई पनि बर्बाद बनाए यता जसपामा पनि बिबाद गराएर विभाजन गराउनु भयो, यसखालको व्यक्ति पदमा जतिदिन बसे देशका लागि त्यति हानिकारक हुने उहाँले बताउनुभयो ।
उहाँ प्रधानमन्त्री पदबाट हटेपछि मात्र देश शान्त हुने बताउदै सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य हो, अदालतले लोकतान्त्र र संघीयताको रक्षा गरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया