काठमाडौ असार ९ गते । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षबाट निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत नामको पार्टी दर्ता भएको छ । जीवन राई अध्यक्ष रहेको सो दल आयोगमा दर्ता भएको र त्यहाँबाट प्रमाणपत्र समेत पाइसकेको आयोगले जनाएको छ । सो पार्टीको चुनाव चिन्ह कलम रहेको छ ।
यसअघि बागमति प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनमा माधव नेपाल समुहका उम्मेदवार डा. खिमलाल देवकोटाले कलम चुनाव चिन्हबाट चुनाव लड्नु भएको थियो र जित्नु पनि भएको थियो ।
जीवन राई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुनुहुन्छ । उहाँले वैशाख ६ गते नै आयोगमा दल दर्ताका लागि निवेदन दिनु भएको थियो । सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहनु भएको छ ।
यता जीवन राईले एमालेसँग यो पार्टीलाई नजोड्न आग्रह गर्नुभएको छ । उहाँले यो पार्टीाके छुट्टै अस्तित्व छ, यसले कम्युनिस्ट आन्दोलनलाई बल पुर्याउने उद्देश्यले दर्ता गराइएका हो ।


तपाईको प्रतिक्रिया