काठमाडौँ असार ८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा अोलीले पटक पटक संविधान उल्लघन गर्नुभएको बताउनु भएको छ । उहाँ प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै संविधान तथा कानुनहरु उल्लघन गर्दै सरकार सञ्चालन गरिरहनु भएको हुनाले सर्वोच्च अदालतले पटक पटक त्यसलाई सच्याउँदै आएको बताउँदै उहाँले त्यसैको निरन्तरता आजको आदेश रहेको प्रतिकृया दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले संविधान विपरित मन्त्रीपरिषद् विस्तार गरेको कुरा सर्वोच्च अदालतले प्रष्ट रुपमा भनेको भन्दै अध्यक्ष यादवले अदालतको यो आदेशले लोकतन्त्र र संघीयताको रक्षा भएको बताउनुभयो । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएलगत्तै अध्यक्ष यादवले सो प्रतिक्रिया दिनु भएको हो ।
‘संसारमा कतै पनि संसद विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रावधान नरहेको उल्लेख गर्दै उहाँँले नेपालका प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नभएको कुरा जवर्जस्ती लागु गराउन खोज्नु भएको आरोप लगाउनुभयो ।
नेपालको इतिहासमा सबैभन्दा बढी कानुन तथा संविधान मिच्ने काम प्रधानमन्त्री अोलीबाट भएको दावी गर्दै अध्यक्ष यादवले यो आदेशले न्यायलयमाथि जनताको विश्वास झन बढेको प्रतिकृया दिनुभयो ।


तपाईको प्रतिक्रिया