Khadya Bibhag

महन्थ ठाकुरले किन बेलाउनु भयो, विघटित संसदीय दलको बैठक ?

काठमाडौँ असार १० गते । जनता समाजवादी पार्टी नेपालभित्र देखिएको विवादको बारेमा परामर्शका लागि विघटित प्रतिनिधिसभाका सांसदहरुसँग छलफल गरिरहनु भएको छ । बबरमहलस्थित जसपा महन्थ ठाकुर पक्षको कार्यालयमा विघटित संसदका सांसदहरुसँग छलफल गरिरहनु भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका आधिकारिताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष ठाकुर सक्रिय हुनुभएको हो । अध्यक्ष यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि यसमा आफ्नो प्रमाण पेस गर्न अध्यक्ष ठाकुरलाई आयोगले पत्र पठाएपछि त्यसको तयारीमा लाग्नु भएको छ । उहाँले हिजो वकिलहरुसँग छलफल गर्नुभएको थियो, आज संसदसँग र भोली कार्यकारिणी समितिसँग पनि छलफल गर्नुहुनेछ ।

उहाँले कार्यकारिणी समितिमा हेरफेर गरी कायम गरिएको समितिको छलफल बोलाउने बताइएको छ । यद्यपी निर्वाचन आयोगले हालसम्म कार्यसमितिलाइ हेरफेरलाई मान्यता दिएको छैन ।

तपाईको प्रतिक्रिया