काठमाडौँ असार १० गते । राष्ट्रपति विद्यादेवी भवण्डारीले विभिन्न पदमा २० जनालाई नियुक्ति गर्नुभएको छ । संवैधानिक परिषद्को सिफारिसमा उहाँले डा.हरि पौडेल र सुमित्रा श्रेष्ठलाई आख्तियार दुरुपयोग आयोगको सदस्यमा नियुक्त गर्नुभएको छ ।
त्यस्तै, लोकसेवा आयोगको अध्यक्षमा माधवकुमार धिमिरेलाई नियुक्त गर्नुभएको छ । लोकसवेवा आयोगको सदस्यहरुमा माधव वेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारी रहनु भएको छ । त्यस्तै निर्वाचन आयोगको सदस्यमा सगुन सम्सेर रानालाई नियुक्त गरेको छ भने मधेशी आयोगको सदस्यमा अभा कुमारीलाई नियुक्त गरिएको छ ।
राष्ट्रपतिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा पाँचथरका विपिनराज निरौलालाई नियुक्त गर्नुभएको भने राष्ट्रिय महिला आयोगको सदस्यहरुमा जया घिमिरे, र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी नियुक्त हुनुभएको छ ।
यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना सदस्यहरुमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री नियुक्त हुनुभएको छ ।
आदिवासी जनजाति आयोगको सदस्यमा खोटाङका सुर्यबहादुर गुरुङ, थारु आयोगको सदस्यहरुमा डा। उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त हुनुभएको छ । त्यस्तै, मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक नियुक्त हुनुभएको छ ।
यसैबीच राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रामेछाप, खनियापानी–९ निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गर्नुभएको छ ।



तपाईको प्रतिक्रिया