पर्सा असार १० गते । विघटित प्रतिनिधिसभाका सासंद हरिनारायण रौनियारले अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीबाट प्राप्त विभिन्न विभिन्न स्वास्थ्य चौकीहरुलाई वितरण गर्नुभएको छ ।
सासंद हरिनारायण रौनियारले बुधवार एक कार्यक्रमका बीच ६० थान कन्सन्ट्रेटरमध्ये युएनडिपिले पर्सा जिल्लाका पोखरिया अस्पताल लाई ५ थान, निचुटा हेल्थ पोस्टलाई २ थान, सेढवा स्वास्थ्य चौकीलाई २ थान र भिखमपूर प्राथमिक स्वास्थ्य केन्द्रलाई २ थान स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गनुृभएको छ ।
सो अवसरमा पोखरीया नगर प्रमुख दिपनारायण रौनियार, उप प्रमुख सलमा खातुन, जसपा नेता नेजामुदिन समानी क्षेत्र न. ३ क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, कृष्णमोहन यादव, मदन चौहान, मोहमद शरिफ गदी, रेडक्रस उपशाखा निचुटा अध्यक्ष राजदेव महतो, ब्यास यादव, रामेश्वर प्रसाद, महेन्द्र साह रौनियार, दरोगा मियाँ, भिखारी देवान, रसिद मियाँ, प्रभु साह, रामचन्द्र ठाकुर, यूवा नेता शिवकुमार साह तथा समता समाज कल्बका प्रतिनिधिहरुको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया