Khadya Bibhag

महाधिवेशनको पूर्वसन्ध्यामा बल्ल बोल्नुभयो गच्छदार

काठमाडौँ असार १३ गते । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएर संसदबाट निलम्बनमा परेपछि भूमीगत जस्तै हुनुभएको थियो । उहाँ मिडियाको साथै पार्टीका कार्यकर्ताभन्दा पनि टाढा बस्नु भएको छ ।

भेटघाटलाई लगभग बन्द नै गर्नुभएको थियो । सञ्चारमाध्यमले उहाँसँग धेरै पटक कुरा गर्न खोज्यो तर उहाँ इन्कार गर्दै जानुभयो । यो बीचमा उहाँको श्रीमतीको निधन पनि भयो । त्यसले गर्दा झन उहाँ तनावमा जानुभयो । उहाँले धेरैपछि लुम्बनी प्रदेशमा गएर बोल्नु भएको छ ।

पार्टीको महाधिवेशनको तयारी सुरु भएको बेला उहाँले आफ्नो मौनता तोड्नु भएको छ । यद्यपी महाधिवेशनका लागि उहाँले आफ्नो पोजिसन स्पष्ट गर्नुएको छैन । पार्टीका अर्का उपसभापति विमेलेन्द्र निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ र त्यसको तयारीमा पनि जुटिसक्नु भएको छ । तर गच्छदारले आफ्नो पोजिसन स्पष्ट गर्नुभएको छ । यद्यपी उहाँ सभापति शेरबहादुर देउवा गुटका नेता हुनहुन्छ । यद्यपी एउटै गुटमा रहेका विमलेन्द्र निधिलाई सघाउने कि आफै सभापतिको उम्मेदारी दिने कि देउवालाई नै सघाउने विषयमा बोल्नु भएको छैन ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आइतवार आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो । उहाँले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नु भयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको बताउँदै उहाँले पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्नुभयो । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया