काठमाडौँ असार १५ गते । प्रधानमन्त्री केपी शर्मा अोलीको अध्यक्षतामा बसेको एमालको बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ । एमालेका नेता माधवकुमार नेपाल पक्षको माग नै २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु थियो । आज त्यो माग पुरा भएको छ ।
आज बसेको स्थायी समिति बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । यद्यपी भोलीका लागि बोलाइएको महाधिवेशन तयारी समितिको बैठक स्थागित नहुने बताइएको छ । त्यो बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापालगायत माधवकुमार नेपाल पक्षका केही नेतालाई बोलाइएको छ ।


तपाईको प्रतिक्रिया