काठमाडौँ असार १९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको आन्तरिक विवाद, समसामयिक राजनीतकि अवस्था, पार्टीको महाधिवेशन, संगठन निर्माण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएृको छ ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो भएको बैठकमा माधव नेपाल पक्षका नेताहरु सहभागी नहुने बताइएको छ । सो बैठकमा माधवकुमार नेपालसँग रहेको विवादको बारेमा केही आवश्यक निर्णय लिनुको साथै संगठन निर्माणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढ्छ ।
महाधिवेशनको मिति आसन्न असोजमा सार्ने कि ०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।


तपाईको प्रतिक्रिया