काठमाडौँ असार २२ गते । जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले आज दुवै पक्षलाई बोलाएको छ ।
जसपा आफ्नो हो भनि दुवै पक्षले दावी गरेपछि त्यसको विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यसमा सहमति जुटाउनका लागि छलफल गर्न आयोगले जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाइएको छ । पार्टीको आधिकारिकता लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि पार्टीमा बहुमत आफूहरुको रहेकोले भन्दो पार्टीमाथि दावी गर्नुभएको थियो ।
उपेन्द्र यादवले आधिकारिकताका लागि आयोगमा पत्र दर्ता गराएपछि महन्थ ठाकुरलाई पनि आफ्नो प्रमाण दिन आयोगले पत्र पठाएको थियो । पार्टीमा आफ्नो पनि बहुमत रहेको भन्दै निर्वाचन आयोगमा अध्यक्ष ठाकुरले पत्र पठाउनुभएको थियो ।
आयोगमा हुने छलफलमा दुवै पक्ष आआफ्नो अडानमा कायम रहनेछन् । उपेन्द्र यादव पक्षले पनि आफ्नो दावी छाड्ने छैन, उता महन्थ ठाकुर पक्षले पनि आफ्नो अडानमा कायम रहने बताइएको छ । महन्थ ठाकुर पक्षले २० जना हेरफेर गरी कायम गरिएको कार्यकारिणी समितिलाई मान्यता दिएर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन उपेन्द्र यादव पक्षसँग समक्ष प्रस्ताव गर्ने तयारी गरेको छ । आफूले कार्यकारिणी समिति हेरफेर गरेको आधिकारीक हो,
महन्थ ठाकुर पक्षले हेरफेर गरेको कार्यकारिणी समितिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बरु आत्मलोचना गरेर आए भनि पार्टीमा आउन दिने निर्णय उपेन्द्र यादव पक्षले गरेको छ ।
यता, २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको अधिकार अनुसार कार्यकारिणी समिति हेरफेर गरी पुनर्गठन गरेको र त्यसलाई स्वीकार गर्दै पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउन महन्थ ठाकुरको प्रस्ताव रहनेछ । यदि उपेन्द्र यादवले सो प्रस्ताव स्वीकार नगरे समाजवादी पार्टी बनाएर जानका लागि भन्ने तयारी महन्थ ठाकुरको रहेको छ ।
उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य इस्तियाक राइले महन्थ ठाकुरहरु आत्मलोचना गरेर पार्टीमा फर्किए स्वागत गरिने बताउनुभयो । महन्थ ठाकुरहरुले पार्टीको विधान मात्र होइन, संविधान विपरित पनि काम गरेकाले त्यतिकै माफ गर्न सकिदैन तर उहाँहरु आत्मलोचना गरेर एकताका लागि तयार भए त्यसलाई स्वीकार गर्ने छलफल भएको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया