Khadya Bibhag

आली र नेपालबीच छलफलः आज होला सहमतिपत्रमा हस्ताक्षर ?

काठमाडौँ असार २३ गते । प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओली र सोही पार्टीका नेता माधवकुमार नेपालबीच मेरियट होटलमा छलफल भइरहेको छ । दुवै पक्षले बनाएको कार्यदलले निकालेको निष्कर्षको बारेमा छलफल गर्नका लागि उहाँहरुको बीचमा छलफल भइरहेको छ । स्रोतका अनुसार उहाँहरुको बीचमा आजै सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

कार्यदलले गरेको छलफलमा उठेका कतिपय कुरा दुई अध्यक्षबीच छलफल गरेर टुग्यांउनुपर्ने अवस्था रहेको कारण दुवैजनाको बीचमा छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया