प्रदेश २ को प्रदेशसभा बैठक स्थिगित

काठमाडौँ असार २३ गते । प्रदेश २ को प्रदेशसभा बैठक आज पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

‘असार २३ गतेको बैठकलाई २५ गतेका लागि सारिएको छ । बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले असार १ गते वजेट प्रंस्तुत गर्नुभएको थियो । आर्थिक वजेटको बारेमा छलफलका लागि असार १५ गतेका लागि बैठक बोलाएको थियो । तर बैठक पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । त्यही दिन असार २३ गतेका लागि बैठक तय गरेको थियो ।

तपाईको प्रतिक्रिया