Khadya Bibhag

साढे तीन वर्षीया बालकलाई हत्या गर्ने आफन्त

काठमाडौँ असार २४ गते । सोमबारदेखि बेपत्ता भई बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे तीन वर्षीय विवेक बिष्टलाई उसको आफ्न्तबाट नै हत्या भएको खुलेको छ । उसको हत्यामा संलग्न दुईजना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरीले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो । ती बालकलाई हत्यामा सहयोग गर्ने किशोरीका साथीलार्य पनि पक्राउ गरेको छ । घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

१५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोमा धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको हो । कुलुमा धकेल्नुअघि बालकले खुट्टामा लगाइएको चाँदीको बाला समेत उनले झिकेको अनुसन्धानबाट खुलेको बताइएको छ ।
लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको कारण उनलाई पक्राउ गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया