काठमाडौँ असार २४ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुरका निवर्तमान मन्त्रीहरु पुनः मन्त्री बन्ने आशमा बस्नु भएको छ । संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा अोलीलाई पुनः बहुमतको आवश्यकता पर्छ । त्यतिबेला महन्थ ठाकुर पक्षका निवर्तमान मन्त्रीहरुलाई पुनः मन्त्री बनाउने प्रतिवद्धता प्रधानमन्त्री अोलीले गर्नुभएको छ ।
संसद पुनःस्थापना पछि पनि प्रधानमन्त्रीमा केपी ओली नै रहने सम्भावना रहेको जसपा महन्थ ठाकुर पक्षको आँकलन रहेको छ । संसद पुनःस्थापना पछि मन्त्री बन्न पाइन्छ भनेर कतिपय निवर्तमान मन्त्रीहरुले अझै पनि मन्त्री क्वाटर छाडेका छैनन् । मन्त्री क्वाटर मात्र होइन, कतिपयले अझै पनि मन्त्रालयको गाडि चढि रेहका छन् ।
जसपा महन्थ ठाकुर पक्षबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, चन्द्रकान्त चौधरी, रेणुका गुरुङ मन्त्री बन्नु भएको थियो । संसद पुनस्र्थापना भएपछि पुनः उहाँहरु नै मन्त्री बन्ने चर्चा पार्टीमा सुरु भएको छ ।
त्यही भएर सरकारबाट बाहिरिए पनि महन्थ ठाकुर पक्ष जसपाले ओलीलाई समर्थन गर्न छाडेको छैन । महन्थ ठाकुर जसपाले एमालेसाग चुनावी गठबन्धन गर्नेसम्मको तयारी थालेको स्रोतले जनाएको छ । पार्टी विवादको विषयमा निर्वाचन आयोगमा मुद्दा विचाराधिन छ । महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमध्ये कुनै एउटाले पार्टीका आधिकारीता पाउने सम्भावना रहेको छ । पार्टी जुनसुकै भएपनि ओली नेतृत्वको एमालेसँग चुनावमा सँगै जाने कुराकानी चलिरहेको महन्थ ठाकुर पक्षका एकजना कार्यकारिणी सदस्यले बताउ ।
उपेन्द्र यादव पक्ष माओवादी केन्द्र र काँग्रेससँग गठबन्धन बनाएर सरकारको विरुद्धमा आन्दोलन गरिरहेको छ । चुनावसम्म गठनबन्धन रहन्छ कि रहदैन त्यसको निश्चित भएको छैन ।


तपाईको प्रतिक्रिया