काठमाडौँ असार २५ गते । माओवादी केन्द्र छाडेर एमालेमा जानु भएका नेताहरुले माओवादी केन्द्र खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । सो निवेदनको बारेमा के भइरहेको छ त्यसको बारेमा सोधखोज गर्न ती नेताहरु निर्वाचन आयोग पुग्नु भएको छ ।
प्रभु साह, गौरीशंकार चौधरी, मणी थापालगायतका नेताहरु आयोगका प्रतिनिधिलाई भेटेर आफुहरुले दिएको निवेदनको बारेमा चाँडै टुगों लगाउनु आग्रह गर्नुभएको थियो । त्यसको जवाफमा आयोगका प्रतिनिधिले प्राप्त निवेदनलाई अध्ययन गर्ने कार्य भइरहेको छ, यसको बारेमा आयोगले चाँडै टुगों लगाउने भनेको थियो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उनीहरुले दिएका निवेदन ठिक छ कि छैन, कानुनुसार छ कि छैन ती सबै विषयको बारमो अध्ययन गरिरहेको छ, र चाँडै नै यसको निष्कर्ष दिइने बताउनुभयो
गत असार २३ गते माओवादी केन्द्रका पूर्व नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशङ्कर चौधरी लगायतका नेताहरू निर्वाचन आयोग पुगेर माओवादी केन्द्र पार्टी नै अवैध रहेकोले खारेजीको माग गनुृभएको थियो ।


तपाईको प्रतिक्रिया