Khadya Bibhag

नेपाल–भारत सीमा ओहोरदोहोर गर्नेको अभिलेख राख्ने

काठमाडौं असार २५ गते । गृहसचिव महेश्वर न्यौपानेले नेपाल–भारत सीमा भएर आवतजावत गर्ने दुवै देशका नागरिकको पहिचनसहितको अभिलेख राखेर सीमा अनुगमन कडा बनाइने बताउनु भएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार आयोजना गरेको ‘‘कोभिड(१९ को सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती, सुरक्षा र नेपालको बाह्य सम्बन्ध’ विषयक छलफलमा उहाँले सरकारले नेपाल–भारत खुला सिमानालाई व्यवस्थित बनाउन अध्ययन गरिरहेको र चाँडै यसको निष्कर्ष आउने बताउनुभयो । नेपाल–भारत सीमाक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन पारस्परिक सहमतिमा हरसम्भव प्रयत्न गर्ने उहाँको धारणा थियो ।

आगामी दुई वर्षभित्र नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलका ५०० ‘बोर्डर आउटपोष्ट’ स्थापना गर्ने सरकारी नीतिअनुसार काम भइरहेको बताउँदै उहाँले सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी त्यो लक्ष्य हासिल गरिने उहाँको धारणा थियो ।

तपाईको प्रतिक्रिया